John 5:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बिरामीले भन्‍यो, “हजुर, पानीमा लहरी चल्‍ने बेलामा मलाई पोखरीमा लगेर हालिदिने मेरो कोही मानिस छैन। म जान खोज्‍दाखोज्‍दै अर्कोले उछिनिहाल्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रोगीले उहाँलाई भन्‍यो, “हजूर, जुन बेला पानी छचल्‍काइन्‍छ मलाई जलकुण्‍डमा हालिदिने मेरो कोही मानिस छैन, म जाँदाजाँदै मभन्‍दा अगाडि अर्को मान्‍छे पानीमा ओर्लिहाल्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस रोगीले भन्यो, “हजुर, पानी छचल्काइँदा मलाई पोखरीमा हालिदिन सहायता गर्ने कोही पनि छैन। म पस्‍ने कोसिस गर्दागर्दै अर्को मान्छे मभन्दा अगाडि पसिहाल्छ।”
Nepali ERV (पवित्र बाइबल)
त्यस रोगीले उत्तर दियो, “महाशय, मलाई त्यो पानी चलिरहेको बेला त्यहाँ पस्न सहायता गर्ने कोही छैन्। मैले कोशिश गर्दा-गर्दै मेरो अघि जल-कुण्डमा मानिस पसि हाल्छ।”
Nepali Tamang 2011
थे आखम्‍बा म्‍हिसे, “लास्‍सो, घ्‍योइला क्‍युइ ल्‍हिङ्बा धुइरी ङादा घ्‍योइरी झाङ्‌सी पिन्‍बा ङाला खालै आरे। थेतबासेलमा ङा घ्‍योइरी वाङ्बारी निना निनान ङा भन्‍दा ङाच्‍छा स्‍य्‍हान्‍दो म्‍हि वाङ्मुला” भिसी भिजी।