John 6:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तालको किनारमा एउटा मात्र नाउ थियो र चेलाहरूसँग येशू त्‍यस नाउमा चढ्‍नुभएको थिएन तर चेलाहरू मात्र चढेका थिए भन्‍ने कुरा तालको पारिपट्टि रहेका मानिसहरूलाई भोलिपल्‍ट याद आयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुद्र पारि रहेको भीड़ले भोलिपल्‍ट त्‍यहाँ एउटा मात्र डुङ्गा देखे। तिनीहरूलाई थाहा थियो, कि येशू आफ्‍ना चेलाहरूसँग डुङ्गामा चढ्‌नुभएको थिएन, तर उहाँका चेलाहरू मात्र गएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट तालको अर्को किनारमा रहेका भीडले त्यहाँ एउटा मात्र डुङ्गा रहेको र येशू चेलाहरूसँग त्यो डुङ्गामा नचढ्नुभएको, तर चेलाहरूमात्रै त्यहाँबाट गएका थिए भनी थाहा गरे।
Nepali ERV (पवित्र बाइबल)
अर्को दिन आई पुग्यो। कोही मानिसहरू समुद्रको अर्को किनारतिर बसेका थिए। येशू अब आफ्ना चेलाहरूसंग जानु भएन भन्ने कुरा ती मानिसहरूले थाहा पाए, तर तिनीहरू आफै छोडीए। तिनीहरूले पनि थाहा पाए त्यहाँ एउटा मात्र डुङ्गा थियो।
Nepali Tamang 2011
ओच्‍छे समुन्‍द्रला क्‍याम्‍सङपट्टि मुबा म्‍हिगदेसे न्‍हङगरदङ थेरी दोँगा गिक जेन म्राङ्जी। ङाच्‍छाकुनु येशू चेलागदेदेन छ्‌याम दोँगारी फेप्‍बा आरेमुबा, तर थेला चेलागदे जे निमुबा भिबा ताम थेनीगदेदा था मुबा।