John 6:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू र उहाँका चेलाहरूलाई कहीँ पनि नदेख्दा ती मानिसहरू नाउमा चढेर कफर्नहुम सहरतिर खोज्न गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू र उहाँका चेलाहरू त्यहाँ नहुनुभएको थाहा पाएर ती मानिसहरू येशूलाई खोज्दै डुङ्गाहरूमा चढ़ेर कफर्नहुममा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ न येशू हुनुहुन्छ, न त उहाँका चेलाहरू नै छन् भन्ने थाहा पाएपछि तिनीहरू डुङ्गामा चढे, र येशूको खोजी गर्दै कफर्नहुममा गए।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले त्यहाँ अब न त येशू न उहाँका चेलाहरू नै देखे। यसर्थ तिनीहरू डुङ्गाहरू लिएर कफर्नहुमतिर लागे । किनभने तिनीहरू येशूलाई भेट्न चाहन्थे।
Nepali Tamang 2011
थेरी येशूदेन छ्याम चेलागदे आरेबा था याङ्सी थेनीगदे दोँगागदेरी क्रेःसी येशूदा म्हाइबान कफर्नहुम शहररी निजी।