John 6:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मैले देखाएका चिन्‍हहरूको अर्थ बुझेर होइन, तर अघाउञ्‍जेल रोटी खान पाएकोले तिमीहरूले मलाई खोजेका हौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई जवाफ दिई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरू चिन्‍हहरू देखेर होइन, तर अघाउञ्‍जेल रोटी खाएको कारणले मलाई खोज्‍दछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले अलौकिक चिन्हहरू देखेर होइन, तर तिमीहरूले अघाउन्जेल रोटी खाएका हुनाले मलाई खोजिरहेका छौ।
Nepali ERV (पवित्र बाइबल)
उहाँले उत्तर दिनु भयो, “तिमीहरूले मलाई किन खोजिरहेछौ? के मेरो चमत्कारहरू जसले मेरो शक्तिको प्रमाण दिन्छ देखे पछि मलाई खोजिरहेकाछौ? अहँ! म सत्य भन्छु, तिमीहरूले मलाई खोजेको कारण के हो भने तिमीहरूले रोटी खोयौ र पुरा अघायौ।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, ङाइ लबा उदेकला गे म्राङ्सी आहिन, तर म्रेन्‍ना गेङ चम्‍याङ्बासे लमान एनीगदेसे ङादा म्‍हाइबा हिन्‍ना।