John 6:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नाश हुने रोटीको लागि काम गर्ने होइन तर अनन्त जीवनसम्‍म रहने रोटीको लागि काम गर। यो अनन्त जीवनसम्‍म रहने रोटी मानिसको पुत्रले तिमीहरूलाई दिनेछ किनभने यसैको लागि परमेश्‍वर पिताले उसलाई खटाएर पठाउनुभएको हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नष्‍ट हुने भोजनको निम्‍ति परिश्रम नगर, तर अनन्‍त जीवनसम्‍म रहने भोजनको निम्‍ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछ। किनभने परमेश्‍वर पिताले उसमाथि आफ्‍नो छाप लगाउनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नष्‍ट हुने भोजनका निम्ति परिश्रम नगर। तर अनन्त जीवनसम्म रहिरहने भोजनको निम्ति परिश्रम गर, जुन भोजन तिमीहरूलाई मानिसको पुत्रले दिनेछ। परमेश्‍वर पिताले उसमाथि आफ्नो स्वीकृतिको छाप लगाउनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
जुन खाद्य नष्ट हुन्छ त्यसको निम्ति काम नगर तर जुन खाद्य नष्ट हुँदैन अनि अनन्त जीवन दिन्छ त्यसको निम्ति काम गर। मानिसको पुत्रले तिमीहरूलाई त्यस्तो खाद्य दिनु हुन्छ। पिताले देखाएका छन् कि उनी मानिसका पुत्र संग छन्।”
Nepali Tamang 2011
च्‍यागो, नाश तसी निबा चबा स्‍हेला लागिरी जे दुख लसी गे थालउ, तर जुकजुकधोना चिबा चबा स्‍हेला लागिरी दुख लसी गे लउ। चु चबा स्‍हे एनीगदेदा परमेश्‍वरसे पुइखबा म्‍हिसे पिन्‍ना। तिग्‍दा भिसम चु गे लबाला लागिरीन परमेश्‍वर आबासे थेदा धम्‍बा मुला।”