John 6:32 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, मोशाले तिमीहरूलाई स्वर्गको रोटी दिएका होइनन्। तर मेरो पिताले पो तिमीहरूलाई स्वर्गको साँचो रोटी दिनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूलाई स्वर्गबाट रोटी दिने मोशा होइनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, त्यो मोशा होइनन्; तर तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्छु। मोशा तिनी एक होइनन् जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिए। तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुन्छ।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “च्यागो, एनीगदेसे ङाला ताम ङ्यान्गो, एनीगदेदा स्वर्गग्याम गेङ पिन्बा मोशा आहिन। तर स्वर्गग्याम सत्य गेङ पिन्बा चा ङाला आबा हिन्ना।