John 6:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्‍त्रमा अगमवक्ताहरूले यसरी लेखेका छन्, ‘परमेश्‍वरले नै सबै मानिसहरूलाई सिकाउनुहुनेछ’। यसरी परमेश्‍वर पिताको शिक्षा सुन्‍ने र सिक्‍ने सबै मकहाँ आउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘अनि ती सबै जना परमेश्‍वरद्वारा सिकाइनेछन्‌’ भनी अगमवक्ताहरूका पुस्‍तकमा लेखिएको छ। प्रत्‍येक जसले पिताबाट सुन्‍छ र सिक्‍छ त्‍यो मकहाँ आउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ: ‘तिनीहरू सबै परमेश्‍वरद्वारा सिकाइनेछन्।’ हरेक व्यक्ति, जसले पिताबाट सुन्छ र सिक्छ, त्यो मकहाँ आउँछ।
Nepali ERV (पवित्र बाइबल)
अगमवक्ताहरूले लेखेः ‘परमेश्वरले सबैलाई सिकाउनु हुनेछन्।’ मानिसहरू जसले पितालाई सुन्नेछन्। अनि उहाँबाटै सिक्ने छन् मकहाँ आउनेछन्।
Nepali Tamang 2011
अगमवक्तागदेसेनोन परमेश्‍वरला बचनरी ‘परमेश्‍वरसेन जम्‍मान म्‍हिगदेदा लोप्‍ला’ भिसी भ्रिबा मुबा। परमेश्‍वर आबाला ताम थेःसी थेग्‍यामसेन लोप्‍बा म्‍हिगदे जम्‍मान ङा मुबा ग्‍लारी खला।