John 6:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूको एउटा ठूलो भीड आफूतिर आइरहेको देखेर येशूले आफ्‍नो चेला फिलिपलाई सोध्‍नुभयो, “यी मानिसहरूलाई खुवाउन हामीले कहाँबाट रोटी किनेर ल्‍याउन सक्‍छौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूले आफ्‍ना चारैतिर हेर्दा एउटा ठूलो भीड आफूकहाँ आइरहेको देखेर फिलिपलाई भन्‍नुभयो, “यिनीहरूलाई खुवाउनका निम्‍ति हामीहरूले कहाँबाट रोटी किन्‍ने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले आँखा उठाएर हेर्नुभयो र एउटा ठूलो भीड आफूतिर आउँदैगरेको देखेर उहाँले फिलिपलाई भन्‍नुभयो, “यी मानिसहरूलाई खानका निम्ति हामीले रोटी कहाँबाट किनौँ?”
Nepali ERV (पवित्र बाइबल)
येशूले आफ्नो नजर उठाउनु भयो अनि धेरै मानिसहरू उहाँकहाँ आइरहेको देख्नु भयो। येशूले फिलिपलाई भन्नुभयो, “हामीले तिनीहरूलाई खुवाउनको निम्ति रोटीहरू कहाँ किन्न सक्छौं?”
Nepali Tamang 2011
येशूसे क्‍युर्सीन स्‍हीमा ह्राङ मुबा ग्‍लारी ल्‍हानान म्‍हिगदे खबान लबा म्राङ्सी फिलिपदा “चु म्‍हिगदेदा पिन्‍बाला लागिरी य्‍हाङसे खानङग्‍यामसे गेङ ग्‍लुसी भसे?” भिसी सुङ्जी।