John 6:51 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वर्गबाट आएको जीवित रोटी मै हुँ। यो रोटी खाने सधैँभरि बाँच्‍नेछ। मैले दिने त्‍यो रोटीचाहिँ मेरै शरीर हो। संसारका मानिसहरूले जीवन पाऊन् भनेर म मेरो शरीर दिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्‍वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्‍यो सधैँभरि जिउनेछ। र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्‍योचाहिँ मेरो देह हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जीवित रोटी म नै हुँ, जो स्वर्गबाट ओर्लेर आयो। यदि कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। यो रोटी मेरो मासु हो, जो म संसारको जीवनका निम्ति दिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
म जिउँदो रोटी हुँ जो स्वर्गबाट आएको हो। जो मानिसले त्यो रोटी खाँदछ ऊ अनन्त सम्म बाँच्दछ। यो रोटी मेरो शरीर हो। म दिनेछु ताकि संसारका मानिसहरूले जीवन पाउनेछन्।”
Nepali Tamang 2011
स्‍वर्गग्‍याम खबा छोन्‍बो गेङ चा ङानोन हिन्‍ना, जुन म्‍हिसे चु गेङ चला थे खाइमै आसि। चु गेङ चा ङाइ जम्‍बुलिङला म्‍हिगदेसे जुकजुकधोनाला जुनी याङ्‌गै भिसी पिन्‍ना। थे गेङ चा ङालान ल्‍हुइ हिन्‍ना।”