John 6:57 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जिउँदो परमेश्वर पिताले मलाई पठाउनुभयो र उहाँद्वारा म जिउँदछु। त्यसै गरी मलाई खानेचाहिँ मद्वारा जिउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताको कारणले जिउँछु, त्यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी जीवित पिताले मलाई पठाउनुभएको छ, र म पिताको कारणले जिउँछु, त्यसै गरी जसले मलाई खान्छ, त्यो मेरो कारणले जिउनेछ।
Nepali ERV (पवित्र बाइबल)
जीवित पिताले मलाई पठाएका हुन्। उहाँको कारणले म बाँच्छु। यसर्थ जसले मलाई खाँदछ मेरो कारणले पनि ऊ बाँच्नेछ।
Nepali Tamang 2011
छोन्बो परमेश्वरसे ङादा पुइखबासे लमा ङा थेग्यामसे सोला, थेह्रङ् लसीन ङादा चबा म्हिएनोन ङाग्यामसेन सोला।