John 7:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भीडमा धेरै मानिसहरूले येशूको बारेमा कुरा गर्दै थिए। एक थरीले भन्थ्यो, “ती मानिस असल छन्।” तर अर्को थरीले भन्थ्यो, “होइन, त्यसले त मानिसको आँखामा छारो मात्रै हाल्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भीड़हरूका बीचमा उहाँको विषयमा चर्चा हुन लाग्यो। कोही भन्थे, “उनी असल छन्।” अरूले भन्थे, “होइन, यसले मानिसहरूलाई भ्रममा पारिरहेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भीडहरूका बीचमा उहाँको विषयमा व्यापक खासखुस भइरहेको थियो। कतिले भन्थे, “तिनी असल मानिस हुन्।” अरूले भन्थे, “होइन, त्यसले मानिसहरूलाई भ्रममा पारिरहेको छ।”
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ धेरै मात्रामा मानिसहरूको घुइँचो थियो। तिनीहरू मध्ये कसै कसैले येशूको विषयमा गुप्त प्रकारले कुरा गरिरहेको थिए। कतिपय मानिसहरुले भने, “उहाँ एक असल मानिस हुनु हुन्छ।” तर कतिपयले भने, “होइन, मानिसहरूलाई मूर्ख बानउँदछ।”
Nepali Tamang 2011
ल्हानान म्हिगदेसे येशूला बारेरी चुह्रङ् भिसी ताम लबान मुबा, कोइ कोइसे “थे ज्यबा म्हि हिन्ना” भिसी भिमुबा। तर कोइ कोइसे चा “आहिन, थेसे ल्हानान म्हिगदेदा न्होङ्ना लबा मुला” भिसी भिमुबा।