John 7:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नै तर्फबाट बोल्नेले त आफ्नै आदर खोज्छ, तर आफूलाई पठाउनुहुनेको आदर खोज्नेचाहिँ इमानदार मानिस हो। उसमा अलिकति पनि छलकपट हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले आफ्नै तर्फबाट बोल्दछ, उसले आफ्नै सम्मान खोज्दछ, तर जसले आफूलाई पठाउनेको सम्मान खोज्दछ, त्यो सत्य हो, र उसमा छल हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले आफ्नै तर्फबाट बोल्छ, त्यसले आफ्नै आदर खोज्न त्यसो गर्छ। तर जसले उसलाई पठाउनुहुनेको आदरको निम्ति काम गर्छ, त्यो सत्यको मानिस हो। उसमा केही झूट हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
कुनै मानिस जसले आफ्नो विचार मात्र बताउँदछ उसले आफै मात्र सम्मान पाउनलाई प्रयास गर्दछ। तर जुन मानिस जसले आफूलाई पठाउनेको सम्मान ल्याउने प्रयास गर्दछ उसले सत्य बोल्दछ। अनि उसकोमा केही असत्य रहनेछैन।
Nepali Tamang 2011
जुन म्हिसे ह्राङलान ताम पाङ्ला थेसे ह्राङदान मान लगै भिसी म्हन्मुला। तर ह्राङदा पुइखबादा मान लगै भिसी म्हन्बा म्हिसे चा सत्य ताम पाङ्मुला, थेसे तिगै लुसीला ताम आलमुला।