John 7:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसै बेला येशूले अझै मन्दिरमा सिकाउँदै हुनुहुन्थ्यो। उहाँले सबैले सुन्ने गरी भन्नुभयो, “के तिमीहरू मलाई साँच्चै चिन्छौ? म कहाँबाट आएको हुँ, के त्यो तिमीहरूलाई साँच्चै थाहा छ? म त आफैं आएको होइनँ, मलाई पठाउनुहुनेचाहिँ सत्य हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूले मन्दिरमा सिकाउनुहुँदा, उहाँले उच्च स्वरले भन्नुभयो, “तिमीहरू मलाई चिन्छौ, र म कहाँबाट आएको हुँ, त्यो पनि जान्दछौ। म आफ्नै इच्छाले आएको होइनँ, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ। तिमीहरू उहाँलाई चिन्दैनौ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अझै पनि मन्दिरको चोकमा शिक्षा दिँदै रहनुहुँदा येशूले उच्च सोरले भन्नुभयो, “तिमीहरू मलाई पक्कै चिन्दछौ, र म कहाँको हुँ भनी तिमीहरू जान्दछौ; म यहाँ आफ्नै इच्छाले आएको होइनँ, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ। तिमीहरूले उहाँलाई चिन्दैनौ।
Nepali ERV (पवित्र बाइबल)
येशूले मन्दिरको प्राङ्गाणमा शिक्षा दिइरहनु भएको थियो। येशूले ठूलो स्वरमा भन्नुभयो, “हो, तिमीहरू म को हुँ र कहाँबाट आएको हो भनेर जान्दछौ। तर म आफ्नै अधिकारबाट आएको भने होइन। मलाई कसैले पठाएका हो जो सत्य हुनुहुन्छ। तिमीहरू उहाँलाई जान्दैनौ।
Nepali Tamang 2011
थे धुइरी परमेश्वरला मन्दिररी लोप्बान लमा येशूसे घ्रेन काइरी चुह्रङ् भिसी सुङ्जी, “ङा खानङग्याम खबा हिन्ना भिबादेन ङा खाल हिन्ना भिबा ताम एनीगदेदा पक्कान था मुला। च्यागो, ङा ह्राङनोन खबा आहिन, तर ङादा खालैसे पुइखबा हिन्ना थे चा सत्य हिन्ना, एनीगदेसे थेदा ङोसेबा आरे।