John 7:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फरिसीहरूले येशूको बारेमा भीडमा रहेका मानिसहरूले यस्‍ता कुरा खस्‍याकखुसुक गरेका सुने। यसकारण ती फरिसी र मुख्‍य पूजाहारीहरूले मिलेर येशूलाई पक्रन मन्‍दिरको रक्षा गर्ने सिपाहीहरूलाई पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भीड़ले उहाँको विषयमा चर्चा गरिरहेको फरिसीहरूले सुने। तब मुख्‍य पूजाहारीहरू र फरिसीहरूले उहाँलाई पक्रन मन्‍दिरका पहरेदारहरू पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भीडले उहाँको विषयमा यस्तो चर्चा गरेको कुरा फरिसीहरूले सुने। त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले उहाँलाई पक्रनका लागि मन्दिरका पहरेदारहरूलाई पठाए।
Nepali ERV (पवित्र बाइबल)
फरिसीहरूले येशूको विषयमा मानिसहरूले गुप्तीरूपमा कुराहरू गरेको सुने। यसैले मुख्या पूजाहारीहरू र फरिसीरूले येशूलाई पक्रन मन्दिरको कोही पहरेदारहरूलाई पठाए।
Nepali Tamang 2011
म्‍हिगदेसे येशूला बारेरी खासखास खुसखुस ताम लबान लबा फरिसीगदेसे थेःजी। जमाहेन्‍से परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेदेन फरिसीगदेसे येशूदा चुङ्बाला लागिरी परमेश्‍वरला मन्‍दिर ख्रुङ्बा सिपाहीगदेदा पुइजी।