John 7:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुराचाहिँ येशूले आफूमाथि विश्‍वास गर्ने जतिले पाउने पवित्र आत्‍माको बारेमा भन्‍दै हुनुहुन्‍थ्‍यो किनभने त्‍यस बेलासम्‍म येशू स्‍वर्गमा नफर्किनुभएकोले परमेश्‍वरले पवित्र आत्‍मालाई पठाउनुभएको थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यो कुरो उहाँले पवित्र आत्‍माको विषयमा भन्‍नुभएको थियो, जुन पवित्र आत्‍मा उहाँमाथि विश्‍वास गर्नेहरूले प्राप्‍त गर्न लागेका थिए। किनकि पवित्र आत्‍मा अहिलेसम्‍म दिइएको थिएन, किनभने येशूको महिमा अझसम्‍म भएको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो कुरा उहाँले पवित्र आत्माको विषयमा भन्‍नुभएको थियो, जसलाई उहाँमाथि विश्‍वास गर्नेहरूले प्राप्‍त गर्न लागेका थिए। त्यस बेलासम्म पवित्र आत्मा दिइएको थिएन। किनकि येशू अझैसम्म महिमित हुनुभएको थिएन।
Nepali ERV (पवित्र बाइबल)
येशूले वास्तवमा पवित्र आत्माको विषयमा बताइरहनु भएको थियो। पवित्र आत्मा मानिसहरूलाई अझ सम्म दिइएको थिएन किनभने येशू अझ सम्म मर्नु भएको थियन, अनि महिमातर्फ नै उठेको थिएन। तर पछि, ती जसले येशूमा विश्वास गर्छन् पवित्र आत्मा पाउने छन्।
Nepali Tamang 2011
चु ताम चा येशूसे ह्राङदा विश्‍वास लबा म्‍हिगदेसे याङ्तोःबा परमेश्‍वरला आत्‍माला बारेरी सुङ्बा मुबा। परमेश्‍वरसे थे धुइधोना ह्राङला आत्‍मा पुइखबा आरेमुबा। तिग्‍दा भिसम थे धुइधोना येशूदा क्रुसरी टाँगब लबादेन स्‍वर्गरी घ्रेन य्‍हालदेन शक्तिरी फेप्‍बा धुइ तबा आरेमुबा।