John 7:52 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अरूहरूले भने, “तिमी पनि गालीली हौ कि क्या हो? धर्मशास्त्र राम्ररी पढ र तिमीले थाहा पाउनेछौ कि गालीलबाट कुनै अगमवक्ता आउँदैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उनलाई जवाफ दिए, “के तिमी पनि गालीलका हौ? धर्मशास्त्र खोजेर हेर, र तिमीले देख्नेछौ, कि गालीलबाट अगमवक्ता निस्कँदैन।” [
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले जवाफ दिए, “के तिमी पनि गालीलकै हौ? धर्मशास्त्रमा खोजेर हेर, र तिमीले थाहा पाउनेछौ। किनभने गालीलबाट कुनै अगमवक्ता निस्कँदैन।”
Nepali ERV (पवित्र बाइबल)
यहूदी अगुवाहरूले उत्तर दिए, “तिमी पनि गालीलबाटै आएको हौ? धर्मशास्त्र अध्ययन गर अनि तिमीले जान्नेछौ कि कुनै पनि आगमवक्ता गालीलबाट आउँदैन्।” (यूहन्नाको यी पदहरू 7: 53-8:11 सम्म सबैभन्दा पुरानो र असल यूनानी लिपीहरूमा पाइदैंन।)
Nepali Tamang 2011
तर स्य्हान्दोगदेसे थेदा “एएनोन गालील अञ्चलला हिन्ना? परमेश्वरला बचन ज्यना लसी पढब लउ। जमाहेन्से एसे गालीलग्याम खाइमै खालै अगमवक्ता आख भिबा ताम था याङ्ला” भिसी भिजी।