John 8:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “मैले मेरो बारेमा साक्षी दिए पनि मैले भनेको कुरा साँचो छ किनभने म कहाँबाट आएको हुँ अनि कहाँ जाँदै छु, त्‍यो मलाई थाहा छ। तर तिमीहरूलाई चाहिँ यो कुरा थाहा छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले जवाफ दिनुभयो, “म आफ्‍नै विषयमा गवाही दिन्‍छु, तापनि मेरो गवाही सत्‍य छ। म जान्‍दछु, म कहाँबाट आएको हुँ, र म कहाँ गइरहेछु। तर तिमीहरू जान्‍दैनौ, म कहाँबाट आउँछु, वा कहाँ गइरहेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “मैले आफ्नै विषयमा गवाही दिए तापनि मेरो गवाही सत्य ठहर्छ। किनकि म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु, सो म जान्दछु। तर म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु भन्‍ने बारेमा तिमीहरू जान्दैनौ।
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “हो, यदि मैले यी कुराहरू आफ्नै विषयमा भनिरहेको छु। तर मैले भनेका कुरा सत्य हुन्। किनभने म जान्दछु म कहाँबाट आएको हुँ र कहाँ जान्छु। म तिमीहरू जस्तो होइन। तिमीहरू जान्दैनौ म कहाँबाट आएँ र कतातिर गइरहेछु।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “ङाइ ङालान बारेरी पाङ्सैनोन ङाइ पाङ्बा ताम सत्‍य हिन्‍ना। तिग्‍दा भिसम ङा खानङग्‍याम खबा हिन्‍ना, ओच्‍छे खानङ निबान मुला भिबा ताम ङादा था मुला। तर एनीगदेदा चु ताम था आरे।