John 8:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै कुरा येशूले मन्दिरको भेटी उठाउने बाकसहरू भएको ठाउँमा सिकाउनुहुँदा भन्नुभयो। तर कसैले पनि उहाँलाई पक्रेन किनभने उहाँको बेला आएको थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी कुरा उहाँले मन्दिरमा शिक्षा दिनुहुँदा भेटी चढ़ाउने ढुकुटीको छेउमा भन्नुभएको हो। अनि कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझ आएको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले यी कुराहरू मन्दिरमा शिक्षा दिँदैगर्नुहुँदा भेटी चढाउने ढुकुटीनिर नै भनिसक्नुभएको थियो। तापनि कसैले उहाँलाई पक्रेन। किनकि उहाँको समय अझै आएको थिएन।
Nepali ERV (पवित्र बाइबल)
येशूले यी कुराहरू मन्दिरमा सिकाई रहनु भएको बेलामा भन्नुभयो। उहाँ त्यस ठाउँको छेऊमा हुनुहुन्थ्यो जहाँ सबै जना मानिसहरू भेटी चढाउन आउँथे। तर कुनै मानिसले पनि उहाँलाई पक्वेनन्। यशूको ठीक समय अझ आइपुगेको थिएन। येशूको विषयमा यहूदीहरूले भुझेनन्
Nepali Tamang 2011
चु जम्मान ताम येशूसे परमेश्वरला मन्दिररी भेटी युबा ताङ मुबा ग्लाग्याम लोप्बान लबा धुइरी सुङ्बा मुबा। तर थेनीगदे खालैसेन येशूदा आचुङ्नी। तिग्दा भिसम अझ येशूला धुइ तबा आरेमुबा।