John 8:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर यहूदी अगुवाहरूले आपसमा भने, “यो के भनेको हो? ऊ जहाँ जान्छ, त्यहाँ हामी पुग्न सक्दैनौं भन्छ! यसले आत्महत्या गर्न आँटेको हो कि क्या हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदीहरूले भने, “यिनले त आत्महत्या पो गर्ने हुन् कि क्या हो? किनभने यिनले ‘जहाँ म जान्छु तिमीहरू आउन सक्दैनौ’ भनी भन्छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती यहूदी अगुवाहरूले आपसमा सोधे, “यिनले आत्महत्या त गर्ने होइनन्? के त्यसैकारण नै यिनले ‘म जहाँ जाँदैछु, तिमीहरू त्यहाँ आउन सक्दैनौ’ भनी भनेका हुन्?”
Nepali ERV (पवित्र बाइबल)
तब यहूदीहरूले आपसमा सोधे, “के येशूले आफैलाई मार्नेछ? के यसको अर्थ यो हो जब उहाँले भन्नु भयो, ‘जहाँ म गइरहेको छु त्यहाँ तिमीहरू आउन सक्तैनौ?”
Nepali Tamang 2011
चु ताम थेःसी यहूदी नेतागदेसे “चु म्हि सिबारी म्हाइबा कि तिग? चुसे मी ‘ङा निबा ग्लारी एनीगदे खबारी आखम भिसी भिमुला’ भिसी ह्राङ ह्राङ न्हङरी ताम लजी।”