John 8:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यति बेला येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले म मानव पुत्रलाई काठमा टाँगेर उचालेपछि ‘म जो हुँ त्यही नै हुँ’ भन्ने तिमीहरूले थाहा पाउनेछौ। म आफ्नै खुसीले केही पनि गर्दिनँ, तर पिताले मलाई सिकाउनुभएका कुराहरू मात्र गर्छु भन्ने कुरा पनि तिमीहरूले जान्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण येशूले भन्नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई माथि उचाल्नेछौ, म उही हुँ भनी तिमीहरूले थाहा पाउनेछौ, र म आफ्नै अधिकारमा केही गर्दिनँ, तर पिताले सिकाउनुभएका कुराहरू बोल्दछु भनी जान्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण येशूले भन्नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई उचाल्नेछौ, तब मैले दाबी गरेको व्यक्ति म उही हुँ; अनि मैले आफ्नै तर्फबाट केही पनि गर्दिनँ रहेछु, तर पिताले सिकाउनुभएका कुराहरू मात्र बोल्दछु भनी तिमीहरूले थाहा पाउनेछौ।
Nepali ERV (पवित्र बाइबल)
यसैले मानिसहरूलाई भन्नुभयो, “तिमीहरूले मानिसको पुत्रलाई उठाउनेछौ त्यतिबेला मात्र म उही हुँ भनेर तिमीहरू जान्नेछौ। तिमीहरूले जान्नेछौ कि जुन कुराहरू म गरिरेहछु त्यो मेरो आफ्नै अधिकारबाट गरेको होइन। तिमीहरूले जान्नेछौ कि मैले जे जति कुराहरू भन्दैछु त्यो पिताबाट मैले जानेको हो।
Nepali Tamang 2011
थेतबासेलमा येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदेसे परमेश्वरसे पुइखबा म्हिदा तोर थीमाहेन्से जे ङा थेनोन चीम भिबादेन ङाइ ङालान सेमग्याम ताम पाङ्बा आहिन्बा चीम, तर परमेश्वर आबासे लोप्बा अन्छार जे पाङ्बा चीम भिबा ताम एनीगदेसे था याङ्ला।