John 8:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूले भने, “हामी अब्राहामका सन्‍तान हौं, हामी त कहिल्‍यै पनि कसैको कमारा भएका छैनौं। तब हामीलाई छुट्‍कारा दिनेछ भनेको अर्थचाहिँ के हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्‍तान हौं, र अहिलेसम्‍म कसैको दासत्‍वमा परेका छैनौं। ‘तिमीहरू स्‍वतन्‍त्र हुनेछौ’ भनी कसरी भन्‍छौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उहाँलाई भने, “तर हामी त अब्राहामका सन्तान हौँ। अनि कहिल्यै कसैको दास बनेका छैनौँ। त्यसकारण हामी स्वतन्त्र तुल्याइनेछौँ भन्‍ने कुरा तपाईं कसरी भन्‍न सक्नुहुन्छ?”
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले जवाफ दिए, “हामी अब्राहामका सन्तान हौ। अनि हामी कहिल्यै कसैको दास भएका छैनौ। तब किन भन्छौ, ‘तिमीहरू’, स्वतन्त्र हुनेछौ?”
Nepali Tamang 2011
थेनीगदेसे येशूदा “ङनी अब्राहामला सन्‍तान हिन्‍ना, दान्‍देधोना ङनी खालैला नोकर दोबा आरे। ह्राङसे ङन्‍दा स्‍य्‍हान्‍दोला तहग्‍याम फेला भिसी सुङ्बाला अर्थ चा तिग हिन्‍ना?” भिसी भिजी।