John 8:42 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्नुभयो, “साँच्चै तिमीहरूका पिता परमेश्वर हुनुभएको भए तिमीहरूले मलाई प्रेम गर्नेथियौ किनभने म परमेश्वरको तर्फबाट आएको हुँ। म आफ्नै तर्फबाट आएको होइनँ, परमेश्वरले नै मलाई पठाउनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्नुभयो, “परमेश्वर तिमीहरूका पिता हुनुहुँदो हो त तिमीहरूले मलाई प्रेम गर्नेथियौ, किनभने म परमेश्वरबाट निस्किआएँ। म आफ्नै इच्छाले आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरूका पिता परमेश्वर हुनुभएको भए त तिमीहरूले मलाई प्रेम गर्नेथियौ। किनकि म परमेश्वरबाट आएको हुँ, र अहिले यहाँ छु। म आफैँ आएको होइनँ, तर मलाई परमेश्वरले पठाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले ती यहूदीहरूलाई भन्नुभयो, “यदि परमेश्वर साँच्चै तिमीहरूका पिता भएको भए तिमीहरूले मलाई प्रेम गर्ने थियौ। म परमेश्वरबाटै आएको हुँ, र म यहाँ छु। म आफ्नै अधिकारबाट आएको होइन। परमेश्वरले मलाई पठाउनु भयो।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “च्यागो, एनीगदेला आबा परमेश्वरनोन हिन्सम एनीगदेसे ङादा माया लसेला मुबा। तिग्दा भिसम परमेश्वरसे पुइखबासे लमा ङा दान्दे चुरी मुला। ङा ह्राङला सुरसे खबा आहिन, तर परमेश्वरसेन ङादा पुइखबा हिन्ना।