John 8:44 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू आफ्‍नै बुबा शैतानका सन्‍तान हौ र तिमीहरू आफ्‍ना पिताले भनेअनुसार गर्न तयार छौ। त्‍यो त सुरुदेखि नै ज्‍यानमारा हो, त्‍यो त सत्‍यमा कहिल्‍यै पनि टिक्‍न सक्‍दैन किनभने त्‍यसमा सत्‍य नै छैन। आफ्‍नो स्‍वभावअनुसार त्‍यसले त सधैँ झूट बोल्‍छ। त्‍यसैले त्‍यो त झूट बोल्‍नेहरूकै पिता हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू आफ्‍नो पिता दियाबलसका हौ, र तिमीहरूका पिताको इच्‍छा पूरा गर्ने तिमीहरूको सङ्कल्‍प छ। त्‍यो त सुरुदेखि नै हत्‍यारा थियो, र सत्‍यसँग त्‍यसलाई केही वास्‍ता छैन। किनभने त्‍यसमा केही सत्‍य छैन। जब त्‍यसले झूट बोल्‍दछ, त्‍यो आफ्‍नै स्‍वभावअनुसार बोल्‍दछ, किनभने त्‍यो झूटो हो र झूटको पिता हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू त तिमीहरूका पिता शैतानबाटका हौ। अनि तिमीहरूले आफ्नो पिताको इच्छा मात्र पूरा गर्न चाहन्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो, र सत्यतामा रहँदैन। किनकि त्यसमा सत्य छँदैछैन। झूटो बोल्नु त्यसको स्वभाव अनुसारको बोली हो। किनकि त्यो झूट हो, र झूटको पिता हो।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका पिता शैतान हो। तिमीहरू उसका सन्तान हौ। उसले जे चाहन्छ तिमीहरू त्यही गर्दछौ। शैतान आदिकालदेखि नै हत्यारा थियो। उ सधैं सत्यको विरुद्धमा छ अनि उभित्र सत्य छैन। जब ऊ झूटो बोल्छ तब उसले त्यो झूठो स्वभाविक रूपले बोल्छ। हो शैतान असत्यवादी अनि असत्यको पिता हो ।
Nepali Tamang 2011
एनीगदेला आबा शैतान हिन्‍ना, एनीगदेसे ह्राङला आबासे म्‍हन्‍बा अन्‍छारनोन गे लमुला। थेसे मी ङाच्‍छाहेन्‍से म्‍हि साइबा मुबा, थे सत्‍यरी खाइमै भ्रबारी आखम। तिग्‍दा भिसम थेदेन छ्‌याम सत्‍य भिबा मुनोन आरे। थेसे सदन ह्राङला बानीबेहोर अन्‍छार लुसीला ताम पाङ्‌मुला। थेतबासेलमा थे लुसीला ताम पाङ्बा म्‍हि हिन्‍ना, थे जम्‍मान लुसीला तामला आबा हिन्‍ना।