John 8:52 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदी अगुवाहरूले भने, “पक्‍का तँलाई त भूत नै चढेको रहेछ। अब्राहाम मरे, अगमवक्ताहरू पनि मरे, तँचाहिँ ‘मैले भनेको मान्‍नेले कहिल्‍यै पनि मर्नुपर्दैन’ भन्‍छस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदीहरूले उहाँलाई भने, “अब हामीलाई पक्‍का थाहा भयो, तिमीलाई भूत लागेकै हो। अब्राहामको मृत्‍यु भयो, अगमवक्ताहरू पनि मरे, तर तिमी भन्‍दछौ, ‘कसैले मेरो वचन पालन गर्‍यो भने त्‍यसले कहिल्‍यै मृत्‍यु चाख्‍नेछैन।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यहूदी अगुवाहरूले भने, “अब हामीलाई पक्‍का थाहा भयो, तिमीलाई भूत नै लागेको रहेछ! अब्राहाम मरेर गए; त्यसै गरी अगमवक्ताहरू पनि मरे। तर तिमीले चाहिँ जसले तिम्रो वचन पालन गर्छ, त्यसले कहिल्यै पनि मृत्यु चाख्नेछैन भनी भन्दैछौ।
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले येशूलाई भने, “अब हामी पक्का भयौं कि तिमीभित्र भूतात्मा छ अनि अगमवक्ताहरू अनि अब्राहाम पनि मरे। तर तिमी भन्छौ, ‘जुन मानिसले तिम्रो वचन पालन गर्दछ ऊ कहिल्यै मर्ने छैन।’
Nepali Tamang 2011
यहूदीगदेसे येशूदा चुह्रङ् भिसी भिजी, “एदा म्‍हङसे स्‍याप्‍बान हिन्‍ना भिसी दाहेन्‍से ङन्‍दा पक्‍का था तजी। तिग्‍दा भिसम अब्राहामदेन अगमवक्तागदे सिजी, तर एसे चा ‘खालै म्‍हिसे ङाइ पाङ्बा ताम ङ्‌यान्‍जी भिसम थे खाइमै आसि’ भिसी भिमुला।