John 8:54 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्नुभयो, “मैले आफ्नै आदर खोजेको भए त्यो खोक्रो आदर हुनेथियो। तर मेरो आदर गर्नुहुनेचाहिँ मेरा पिता हुनुहुन्छ, उही पिता, जसलाई तिमीहरूले आफ्ना परमेश्वर भनेर भन्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले जवाफ दिनुभयो, “यदि मैले आफ्नै महिमा गरें भने मेरो महिमा व्यर्थै हुन्छ। मलाई महिमा दिने मेरा पिता हुनुहुन्छ, जसलाई तिमीहरू ‘हाम्रा परमेश्वर’ भन्दछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “यदि मैले आफ्नै महिमा गरेँ भने मेरो महिमाको केही अर्थ हुँदैन। मेरा पिता, जसलाई तिमीहरू आफ्ना परमेश्वर भनी दाबी गर्दछौ; मलाई महिमा दिने उहाँ नै हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “यदि मैले आफूलाई सम्मान दिएको भए, त्यो सम्मान व्यर्थ हो। जसले मलाई सम्मान दिनुभयो उहाँ मेरा पिता हुनुहुन्छ। अनि जसलाई तिमीहरू आफ्नो परमेश्वर भन्छौ।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “ङाइ ह्राङदा मान लगै भिसी म्हन्जी भिसम थे गे आखेल्बा ताम हिन्ना। तर ङादा मान पिन्बा चा ङालान आबा हिन्ना, ङाला आबादान एनीगदेसे य्हाङला परमेश्वर भिसी पाङ्मुला।