John 8:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उहाँलाई घरीघरी सोधिरहे। त्यसैले येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “जसले कहिल्यै पाप गरेको छैन, त्यसले नै सबैभन्दा पहिले यो स्त्रीलाई ढुङ्गाले हानोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब तिनीहरूले उहाँलाई सोधी नै रहे, तब उहाँले खड़ा भएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले यस स्त्रीलाई पहिले ढुङ्गा हानोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले उहाँलाई प्रश्न गरिरहे, तब उहाँ उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले पहिले यस स्त्रीलाई ढुङ्गाले हानोस्।”
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले लगातार त्यही प्रश्न येशूलाई सोधिरहे। तब येशू उभिनु भयो अनि भन्नुभयो, “तिमीहरू माझमा कुनै एक मानिस जो पाप रहित छ त्यो मानिसले उसलाई प्रथम ढुङ्गा हान्ने।”
Nepali Tamang 2011
थेनीगदेसे येशूदा ङ्योइबाला ङ्योइबान लमाहेन्से येशू राप्सी थेनीगदेदा “जुन म्हिसे खाइमै पाप लबा आरे थेसे ङाच्छा चु म्रिङम्हेमेदा युङबासे तोउ” भिसी सुङ्जी।