John 9:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले भन्यो, “येशू नाउँ गरेका मानिसले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो र सिलोआमको पोखरीमा गएर धोऊ भन्नुभयो। त्यहाँ गएर धुनेबित्तिकै म देख्ने भइहालें।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले जवाफ दियो, “येशू भन्ने एक जना मानिसले माटोको लेप बनाएर मेरा आँखामा लगाइदिएर मलाई भन्नुभयो, ‘सिलोआममा जाऊ र पखाल।’ तब गएर मैले पखालें, र म देख्ने भएँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले जवाफ दियो, “येशू भन्ने एक जना मानिसले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो। उहाँले मलाई सिलोआममा गएर पखाल्न अह्राउनुभयो। तब म गएँ, र पखालेँ, र म देख्न सक्ने भएँ।”
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले जवाफ दिए, “त्यो मानिस जसलाई येशू भन्दछौ उहाँले धुलोबाट हिलो बनाउनु भयो। उहाँले त्यो मेरो आँखामा राखिदिनु भयो। तब उहाँले मलाई भन्नुभयो, “सिलोआममा जाऊ र पखाल। तब म सिलोआममा गँए र पखालें। अनि तब मैले देख्ने थालें।
Nepali Tamang 2011
जमाहेन्से थेसे थेनीगदेदा “येशू भिबा म्हि गिकसे साप्रा ज्योप्सी ङाला मीरी फोर्सी ङादा ‘सिलोआमरी निसी ख्रुउ’ भिसी सुङ्जी। ओच्छे निसी ख्रुमाहेन्से ङाइ म्राङ्जी” भिसी भिजी।