John 9:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति बेला फरिसीहरूले पनि कसरी आँखा देख्‍ने भयौ भनेर सोधे। उसले भन्‍यो, “उहाँले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो अनि मैले माटो पखालेपछि देख्‍ने भएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फरिसीहरूले त्‍यसलाई सोधे, “तँ कसरी देख्‍ने भइस्‌?” त्‍यसले तिनीहरूलाई भन्‍यो, “उहाँले मेरा आँखामा माटोको लेप लगाइदिनुभयो, अनि मैले पखालें र देख्‍ने भएँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण फरिसीहरूले कसरी आँखा देख्ने भइस् भनी त्यसलाई पनि सोधपुछ गरे। त्यस मानिसले जवाफ दियो, “उहाँले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो, र मैले पखालेँ; अनि अहिले म देख्न सक्ने भएको छु।”
Nepali ERV (पवित्र बाइबल)
फरिसीहरूले पनि त्यस मानिसलाई सोधे, “कसरी तिमीले तिम्रो दृष्टि पायौ?” त्यस मानिसले उत्तर दियो, “उहाँले धूलोको हिलो मेरो आँखामा राखिदिनु भयो। मैले मेरो आँखा पखालें र अब मैले देख्नु सकें।”
Nepali Tamang 2011
फरिसीगदेसेनोन थेदा “एसे खाह्रङ् लसी म्राङ्जी?” भिसी ङ्‌योइमा, थेसे थेनीगदेदा “येशूसे साप्रा ज्‍योप्‍सी ङाला मीरी फोर्सी पिन्‍जी, ओच्‍छे ङाइ ख्रुमाहेन्‍से म्राङ्जी” भिसी भिजी।