John 9:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै-कुनै फरिसीहरूले भने, “यो निको पार्ने मानिस परमेश्वरतर्फबाट आएको हुन सक्दैन किनभने त्यसले त पवित्र विश्रामको दिनमा काम नगर्नू भन्ने नियमलाई मान्दैन।” तर अरूहरूले भने, “पापी मान्छेले पनि यस्ता अचम्मका कामहरू गर्न सक्छ र?” यसरी उनीहरूको आपसमा मतभेद भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फरिसीहरूमध्ये कुनै-कुनैले भने, “त्यो मानिस परमेश्वरबाट आएको होइन, किनकि त्यसले शबाथ-दिन पालन गर्दैन।” तर अरूहरूले भने, “कसरी पापी मानिसले यस्ता चिन्हहरू गर्न सक्तछ?” र तिनीहरूका बीचमा फाटो हुन गयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फरिसीहरूमध्ये कसैले भने, “यो मानिस परमेश्वरबाट आएको होइन; किनकि यसले शब्बाथ पालन गर्दैन।” तर अरूले भने, “पापी मानिसले कसरी यस्ता अलौकिक चिन्हहरू गर्न सक्छ र?” यसरी तिनीहरूका बीचमा मतभेद भयो।
Nepali ERV (पवित्र बाइबल)
कोही फरिसीहरूले भने, “त्यस मानिसले विश्रामको दिन पालन गर्दैन। यसैले ऊ परमेश्वरबाट आएको होइन।” अन्य मानिसहरूले भने, “तर जो मानिस पापी छ उसले यस्तो चमत्कारहरू गर्न सक्तैन।” ती यहूदीहरू आपसमा सहमत हुन सकेनन्।
Nepali Tamang 2011
फरिसीगदे न्हङला कोइ कोइसे “थे म्हि परमेश्वरग्याम खबा आहिन। तिग्दा भिसम थेसे ब्लप्बा न्हबा धिनदा आधङ्मुला” भिसी भिजी। तर स्य्हान्दोगदेसे चा “पापी म्हिसे खाह्रङ् लसी चुह्रङ्बा उदेकला गे लबारी खम्ला?” भिसी भिजी। थेतबासेलमा थेनीगदे ह्राङ ह्राङ न्हङरी आढिक्नी।