John 9:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदी अगुवाहरूले ऊ साँच्चै अन्धा थियो र देख्न सक्ने भयो भन्ने कुरा पत्याएनन्। त्यसकारण तिनीहरूले उसका आमा-बुबालाई बोलाएर सोधे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दृष्टि पाउने मानिसका आमा-बाबुलाई बोलाएर नसोधुञ्जेल यहूदीहरूले त्यो अन्धो थियो र देख्ने भयो भनेर विश्वास गरेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदी अगुवाहरूले त्यस दृष्टि पाउनेको आमाबुबालाई बोलाएर नसोधेसम्म, त्यो मानिस दृष्टिविहीन थियो र त्यसले दृष्टि पायो भन्ने अझै पनि विश्वास गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले त्यस मानिस त्यसरी निको भएको घटनामा विश्वास गरेनन्। तिनीहरूले त्यो मान्छे पहिले अन्धा र पछि निको भएको विश्वासै गरेनन्। यसर्थ तिनीहरूले उसको आमा बाबुलाई बोलाए।
Nepali Tamang 2011
यहूदी नेतागदेसे थे पक्कान काना मुबा, ओच्छे दान्दे म्राङ्खम्बा हिन्ना भिसी विश्वास लबारी आखम्नी। थेतबासेलमा थेनीगदेसे थेला आबा आमादा ङ्योइसी,