John 9:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँका चेलाहरूले उहाँलाई सोधे, “गुरु, कसको पापले गर्दा यो मान्छे जन्मैदेखि अन्धो भएको हो? आमा-बुबाको पापले गर्दा हो कि उसको आफ्नै पापले गर्दा हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, कसले पाप गर्यो, यसले कि यसका आमा-बुबाले, र यो अन्धो जन्म्यो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका चेलाहरूले उहाँलाई सोधे, “गुरुज्यू, कसले पाप गर्यो, यो मानिसले कि यसका आमाबुबाले, जसको कारण यो दृष्टिविहीन जन्म्यो?”
Nepali ERV (पवित्र बाइबल)
येशूका चेलाहरूले सोधे, “गुरुज्यू यो मान्छे जन्मैदेखि अन्धो हो। कसको पापले उसलाई अन्धा जन्मायो? उसको आफ्नै पाप वा उसको माता-पिताको पाप?”
Nepali Tamang 2011
येशूला चेलागदेसे येशूदा “गुरु, खाल्ला पापसे लमा चु म्हि न्हमान काना न्हजी, चुलान पापसे लमा कि चुला आबा आमाला पापसे लमा चुह्रङ् तबा हिन्ना?” भिसी ङ्योइजी।