John 9:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदीहरूको डरले गर्दा तिनीहरूले यस्तो जवाफ दिए किनभने येशूलाई मुक्ति दिने राजा ख्रीष्ट ज-जसले भन्छन्, तिनीहरूलाई सभाघरबाट निकाल्ने मतो यहूदी अगुवाहरूले अघि नै गरिसकेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका आमा-बुबाले यी कुरा भने, किनकि उनीहरू यहूदीहरूदेखि डराउँथे। किनभने कसैले उहाँलाई ख्रीष्ट भनी स्वीकार गर्यो भने, त्यसलाई सभाघरबाट निकाल्नुपर्छ भनी यहूदीहरू अघि नै सहमत भएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदी अगुवाहरूसँग डराएका हुनाले त्यसका आमाबुबाले यसो भनेका थिए; किनकि यहूदी अगुवाहरूले यदि कसैले येशूलाई उहाँ ख्रीष्ट हुनुहुन्छ भनी स्वीकार गर्यो भने त्यसलाई सभाघरबाट निकालिनेछ भनी पहिल्यै निर्णय गरिसकेका थिए।
Nepali ERV (पवित्र बाइबल)
उनको आमा - बाबुले यहूदी अगुवाहरूको डरले गर्दा त्यसो भनेको हुन्। यहूदी अगुवाहरूले पहिल्यै निर्णय लिइसकेका थिए कि जजसले येशूलाई ख्रीष्ट भन्छन् तिनीहरू दण्डित हुनेछन्। अनि ती मानिसहरूलाई सभा-घरबाट निकलिदिनेछन्।
Nepali Tamang 2011
यहूदी नेतागदेदेन छ्याम लोङ्सी थेनीगदेसे थेह्रङ् भिसी पाङ्बा हिन्ना। तिग्दा भिसम जुन म्हिसे येशूदा थार्बा पिन्बा ख्रीष्ट हिन्ना भिसी विश्वास लला थेदा यहूदीगदे ह्रुप तबा दिमग्याम तेःतोःला भिसी यहूदीगदेसे ङाच्छान सल्लाह लसी जिन्बा मुबा।