John 9:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले भन्यो, “मैले हजुरहरूलाई अघि नै भनिसकें, तर हजुरहरूले सुन्नुभएन। फेरि किन त्यही कुरा सोधिरहनुहुन्छ? के हजुरहरूको पनि उहाँका चेला हुने विचार छ कि कसो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले तिनीहरूलाई जवाफ दियो, “मैले तपाईंहरूलाई अघि नै भनिसकें, तर तपाईंहरूले सुन्नुभएन। अब फेरि किन सुन्न चाहनुहुन्छ? तपाईंहरू पनि उहाँका चेला हुन चाहनुहुन्छ कि कसो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले भन्यो, “मैले तपाईंहरूलाई अगि नै भनिसकेँ, तर तपाईंहरूले सुन्नुभएन। अब फेरि किन सुन्न चाहनुहुन्छ? के तपाईंहरू पनि उहाँका चेला बन्न चाहनुहुन्छ?”
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले उत्तर दियो, “मैले तपाईंहरूलाई पहिल्यै भनिसकेको छु। तर तपाईंहरूले सुन्नु नै भएन। किन तपाईंहरू फेरि सुन्न चाहनु हुन्छ? के तपाईंहरू पनि उहाँको चेलाहरू हुन चाहनु हुन्छ?”
Nepali Tamang 2011
थेसे थेनीगदेदा “ङाइ ह्राङनीदा दोलोन पाङ्सी जिन्जी, तर ह्राङनीसे वास्तान आलनी दान्दे दोःसी तिग्दा ङ्योइबा, तिग ह्राङनीएनोन थेला चेला दोबारी म्हाइबा हिन्ना?” भिसी जोहाब पिन्जी।