Jonah 1:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योनाले आफू परमप्रभुदेखि भागेको कुरा तिनीहरूलाई बताए। नाविकहरू डराए र उनलाई भने, “तिमीले त डरलाग्‍दो काम पो गरेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस कुराले तिनीहरू डराए र तिनलाई सोधे, “तिमीले के गरेका छौ?” (अघि नै यो कुरा बताएका हुनाले तिनी परमप्रभुको सामुन्‍नेबाट भागेका रहेछन्‌ भन्‍ने तिनीहरूलाई थाहा थियो।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस कुराले तिनीहरू धेरै भयभीत भए, र तिनीहरूले तिनलाई सोधे, “तिमीले किन यसो गर्‍यौ?” (तिनले अगि नै यो कुरा भनिसकेको हुनाले तिनी याहवेहदेखि भागिरहेका छन् भन्‍ने कुरा तिनीहरूले थाहा पाए।)
Nepali ERV (पवित्र बाइबल)
योनाले मानिसहरुसंग भने, मानिसहरुले यो कुरा थाहा पाए कि तिनी परमप्रभुबाट टाढा भाग्दैछन्। तब तिनीहरु अत्यन्तै डराए। अनि मानिसहरुले योनालाई सोधे, “तिमिले आफ्नो परमेश्वरको बिरुद्धमा किन नराम्रो काम गर्यौ?”