Jonah 2:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म पर्वतहरूको फेदीसम्मै पुगें पृथ्वीमुनि पुगें, जसका ढोकाहरू सदाकालको निम्ति थुनिएका हुन्छन्। तर हे परमप्रभु मेरा परमेश्वर, तपाईंले मलाई ती गहिरा ठाउँहरूबाट जिउँदै फर्काई ल्याउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त डाँड़ाहरूका फेदीसम्मै तल डुबें, पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो। तर हे परमप्रभु मेरा परमेश्वर, तपाईंले मेरो ज्यानलाई खाल्डोबाट उठाएर ल्याउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म डुबेर तल पर्वतहरूका फेदसम्मै पुगेँ; पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो। तर पनि तपाईंले, हे याहवेह मेरा परमेश्वर, मेरो प्राणलाई खाल्डोबाट निकालेर ल्याउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
म त समुद्रको फेद सम्मै पुगें। पृथ्वीले मलाई सदाका निम्ति थुनिदियो। तैपनि हे परमप्रभु! मेरा परमेश्वर, तपाईंले खाडलबाट उठाएर मलाई जीवन दिनुभयो।