Jonah 3:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
निनवेका मानिसहरूले परमेश्वरको वचनमा विश्वास गरे। यसकारण सबैले उपवास बस्नुपर्छ भनी तिनीहरूले पक्का गरे। साना-ठूला सबै मानिसहरूले भाङ्ग्रा लाएर आफूले पश्चात्ताप गरेको प्रकट गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निनवेका मानिसहरूले परमेश्वरमा विश्वास गरे। तिनीहरूले उपवासको घोषणा गरे, र तिनीहरूका ठूला-साना सबैले भाङ्ग्रा लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निनवेका मानिसहरूले परमेश्वरको सन्देशलाई विश्वास गरे। तिनीहरूले उपवासको घोषणा गरे; अनि सानादेखि ठूलासम्म सबैले भाङ्ग्रा लगाए।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरबाट त्यस्तो संदेश आएपछि निनवेका मानिसहरुले परमेश्वरमाथि विश्वास गरे। अनि तिनीहरु उपवास बसे र तिनीहरुले गरेका पापहरुका निम्ति सोच्न थाले। मानिसहरुले दुःख व्यक्त गर्नका निम्ति बिशेष प्रकारको वस्त्रहरु धरण गरे। शहरको सबै साना-ठूलाहरुले यसै गर्न थाले।