Jonah 3:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले यस्तो आदेश निनवेका बासिन्दाहरूलाई पठाए, “यो राजा र भारदारहरूको आज्ञा हो। कसैले केही खानेछैन। सबै मानिसहरू, गाई-गोरुहरू र भेडा-बाख्राहरूलाई खानु वा पिउनु मनाइ छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उनले निनवेमा यसो भन्ने घोषणा गरे। “राजाको र भारदारको उर्दीअनुसार: कुनै मानिस वा पशु, गाई-गोरु वा भेड़ाबाख्रा, कसैले केही खानेकुरा नखाओस्, न त केही पिओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि राजाले निनवेमा यस्तो घोषणा जारी गरे: राजा र तिनका अधिकारीहरूका उर्दीअनुसार: “मानिस वा पशुप्राणी, गाईबस्तु वा भेडाबाख्रा, कसैले पनि केही खानेकुरा नचाखोस्; तिनीहरूलाई खान वा पिउन नदिइयोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि राजाले एउटा वचन लेख्न लगाए र शहरमा घोषणा गरेः राजा अनि ठुलो शसकहरु को आदेश यो थियोः केही समयको निम्ति कुनै पनि मानिस अथवा पशु गाई-गोरु अथवा भडा-बख्रा, कसैले केहि खाने कुरा नखानु। कुनै पनि सजीव प्रणीले निनवे मा केहि पनि खाने पिउनेछैन।