Jonah 4:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के त्योभन्दा धेरै दया मैले त्यो ठूलो सहर निनवेलाई नगर्नु र? त्यहाँ असल र खराब छुट्टयाउन नसक्ने १,२०,००० भन्दा पनि धेरै निर्दोषी मानिसहरू छन् र त्यति नै पशुहरू छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर निनवे सहरमा एक लाख बीस हजारभन्दा बढ्ता मानिसहरू छन्, जसले दाहिने र देब्रे हातै चिन्न सक्दैनन्, र त्यसमा धेरै गाईबस्तुहरू पनि छन्। के मैले त्यस ठूलो सहरको निम्ति फिक्री नगरूँ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि के मलाई त्यो ठूलो सहर निनवेको चिन्ता हुँदैन? जहाँ एक लाख बीस हजारभन्दा बढी मानिसहरू छन्, जसले आफ्नो दाहिने र देब्रे हात छुट्ट्याउन सक्दैनन्, र त्यहाँ धेरै पशुहरू पनि छन्।”
Nepali ERV (पवित्र बाइबल)
यदि तँ त्यो बोटको निम्ति व्याकुल हुन सक्छस् भने के यति ठूलो शहर निनवे, जसमा धेरै मानिसहरु अनि वस्तुहरुछन्। त्यस शहरमा 1,20,000 भन्दा बढ्ता मानिसहरुछन्, तिनीहरुले जान्दैनन् कि तिनीहरुले भूल गरिरहेका छन्।”