Jonah 4:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभु परमेश्‍वरले योनालाई केही आराम होस् भनी छायाँ दिनलाई एउटा बोट त्‍यहाँ उमारिदिनुभयो। त्‍यो बोट देखेर योना औधी रमाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभु परमेश्‍वरले एउटा लौका उमार्नुभयो, र योनाको शिरमा त्‍यो छाया होस्‌ र तिनको दु:खहरण होस्‌ भनेर त्‍यसलाई बढ़ाउनुभयो। यसैले लौकाको कारण योना अत्‍यन्‍तै खुशी भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि याहवेह परमेश्‍वरले एउटा पातैपातको बोटलाई उमार्नुभयो, ताकि योनाको शिरमाथि छाया होस् र आराम मिलोस्, र योना त्यो बोट देखेर अत्यन्तै खुशी भए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु परमेश्वरले एउटा लौकाको बोट उमार्नु भयो अनि त्यसलाई छिटो-छिटो ठूलो पर्नुभयो अनि योना माथि छायाँ दिनुभयो भयो जसले योनालाई शितल स्थान बनायो। योनाले यसवाट अत्यन्तै आराम पाए। यो बोटको कारण योना अत्यन्तै प्रसन्न भए।