Jonah 4:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घाम झुल्केपछि परमेश्वरले पूर्वदेखि तातो हावा चलाउनुभयो र घामको चर्को ताप योनाको थाप्लोमा पर्यो। गर्मीले तिनी झण्डै मुर्छा परे। तिनले मर्ने इच्छा गरे। उनले भने, “मलाई बाँच्नुभन्दा त मर्नु नै असल छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सूर्य उदाएपछि परमेश्वरले पूर्वदेखि पोल्ने बतास चलाइदिनुभयो, यतिसम्म कि घाम टन्टलापुरसित योनाको टाउकोमा पर्यो र तिनी मूर्च्छा परे, र मर्ने इच्छा गरेर भने, “मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै असल छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब घाम उदायो, तब परमेश्वरले पूर्वबाट तातो हावाको बेग चलाइदिनुभयो; अनि घामको चर्को ताप योनाको थाप्लोमा पर्यो र तिनी मूर्च्छा परे। तिनी मर्न चाहन्थे र तिनले भने, “मेरा निम्ति बाँच्नुभन्दा बरु मर्नु नै असल हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
सूर्य उदाएपछि परमेश्वरले पूर्वीय हावा चलाई दिनुभयो र घाम टनटलापुर सित योनाको टाउकोमा पर्यो र तिनीहरू हैरान भए। मरिने रहेछ भनेर परमेश्वरसित बिन्ति गर्न थाले, “मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै उचित छ।”