Joshua 1:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभु तिम्रा परमेश्‍वरले यर्दनको पूर्वपट्टिको देश तिमीहरूलाई दिनुहुनेछ र त्‍यहाँ तिमीहरूले आफ्‍ना घर बनाउनेछौ भनी परमप्रभुको सेवक मोशाले भनेका कुरा याद गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएको आज्ञा, अर्थात्‌ ‘परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विश्राम दिनुहुन्‍छ र तिमीहरूलाई यो जमिन दिनुभएको छ,’ भन्‍ने वचन सम्‍झ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेहको सेवक मोशाले तिमीहरूलाई दिएको आज्ञा याद गर, ‘याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यो देश दिएर विश्राम दिनुहुनेछ।’
Nepali ERV (पवित्र बाइबल)
“याद गर परमप्रभुका दास मोशाले तिमीहरूलाई के भनेका थिए। उनले तिमीलाई भनेका थिए, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एउटा विश्राम गर्ने भूमि दिनुभएको छ, परमप्रभुले यो भूमि तिमीहरूलाई दिनुभएको हो।