Joshua 1:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा स्‍वास्‍नी, बालबच्‍चा र गाई-वस्‍तुहरू यहीँ बस्‍नेछन् तर लडाइँ गर्न तयार भएका सैनिकहरू आफ्‍ना इस्राएली बन्‍धुहरूका मद्दतको निम्‍ति जानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका स्‍त्रीहरू, बालबच्‍चाहरू र गाईबस्‍तुहरू मोशाले तिमीहरूलाई यर्दनको पूर्वपट्टि दिएको देशमा रहन सक्‍नेछन्‌। तर तिमीहरूका सबै योद्धाहरू हतियार भिरी आ-आफ्‍ना दाजुभाइहरूका अगिअगि पारि जानुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका पत्नीहरू, छोराछोरीहरू र तिमीहरूका गाईबस्तुहरू चाहिँ मोशाले तिमीहरूलाई दिएको यर्दन नदीको पूर्वपट्टिको भूमिमा बस्‍न सक्छन्। तर तिमीहरूका सबै योद्धाहरू भने लडाइँका निम्ति हातहतियारले सुसज्जित भएर आ-आफ्ना दाजुभाइहरूका साथमा अगि-अगि पारि जानुपर्छ। तिमीहरूले तिनीहरूलाई सहायता गर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
वास्तवमा, परमप्रभुले तिमीहरूलाई यर्दन नदीको पूर्व तफर्को यो भूमि दिइसक्नु भएकोछ। यो भूमिमा तिमीहरूका पत्नीहरू, अनि छोरा-छोरीहरू तिमीहरूका पशु प्राणीहरू समेत बस्न सक्नेछौ। तर तिमीहरूका योद्धा मानिसहरू तिमीहरूका दाज्यू-भाइहरूसित यर्दन नदी पार गरी जानुपर्छ। तिमीहरू युद्धका निम्ति तयार हुनुपर्छ अनि तिनीहरूलाई आफ्ना भूमि लिनका निम्ति सहायता गर्नुपर्छ।