Joshua 1:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले सधैँ मोशाको कुरा मानेझैँ तपाईंको कुरा पनि मान्‍नेछौं र परमप्रभु तपाईंका परमेश्‍वर मोशासँग झैँ तपाईंसित पनि रहून्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी हामीले मोशाका सबै कुरा मान्‍थ्‍यौं त्‍यसरी हामी तपाईंलाई पनि मान्‍नेछौं। परमप्रभु तपाईंका परमेश्‍वर जसरी मोशाका साथमा हुनुहुन्‍थ्‍यो, त्‍यसरी तपाईंका साथमा पनि रहून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी हामीले मोशाको आज्ञापालन गर्‍यौँ, त्यसरी नै हामी तपाईंको पनि आज्ञापालन गर्नेछौँ। केवल याहवेह तपाईंका परमेश्‍वर मोशासँग हुनुभएझैँ तपाईंसँग पनि हुनुभएको होस्।
Nepali ERV (पवित्र बाइबल)
तपाइले हामीलाई जे भने पनि हामी त्यसको पालन गर्नेछौं जसरी हामीले मोशाका आज्ञा पालन गरेका थियौ। हामी परमप्रभुसित एउटा कुराको मात्र याचना गर्न सक्छौ। हामी यो याचना गर्छौ कि परमप्रभु तपाईंको परमेश्वर जसरी उहाँ मोशाका साथ हुनुहुनथ्यो त्यसरी नै तपाईंको साथ रहनुहुनेछ।