Joshua 1:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले तपाईंको अधिकारबारे शङ्का गरे वा आज्ञापालन नगरे, त्यो मारिनेछ। तपाईं भरोसा र साहस गर्नुहोस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका आज्ञाका विरुद्धमा जो खड़ा होला र तपाईंले आज्ञा गर्नुभएका वचनहरू पालन नगर्ने जो होला, त्यो मारिनेछ। केवल तपाईं बलियो र साहसी हुनुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको वचनको विरुद्ध विद्रोह गर्ने र तपाईंले आज्ञा गर्नुभएको कुरा पालन नगर्ने जोसुकै पनि मारिनेछ। केवल तपाईं बलियो र साहसी हुनुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
तब, यदि कुनै मानिसले तपाईंको आज्ञा पालन गर्न अस्वीकार गर्छ भने अथवा यदि कुनै मानिस तपाईंको विरूद्ध हुन्छ भने, त्यस मानिसलाई मारिने छ। मात्र बलियो अनि साहसी बन्नुहोस्।”