Joshua 1:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका देशका सिमाना दक्षिणमा भएका मरुभूमिदेखि उत्तरमा लेबनानका पर्वतहरूसम्‍म, पूर्वमा महानदी यूफ्रेटिसदेखि हित्तीहरूका देश लिएर पश्‍चिममा भूमध्‍य सागरसम्‍म पुग्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरुभूमिदेखि लेबनानसम्‍म लिएर महानदी, अर्थात्‌ यूफ्रेटिस नदीदेखि— हित्तीहरूको जम्‍मै देश— पश्‍चिमतिर महासागरसम्‍मै तिमीहरूको सिमाना हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूको देशको सिमाना उजाडस्थानदेखि लेबनानसम्म लिएर महानदी अर्थात् यूफ्रेटिस नदीदेखि हित्तीहरूको सबै देश अर्थात् पश्‍चिममा भूमध्य सागरसम्म हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
हित्तीहरूको सम्पूर्ण भूमि, मरूभूमि अनि लबानोनदेखि महानदी यूफ्रेटिससम्म तिमीहरूको हुने छ। अनि यहाँ देखि पश्चिमको भूमध्यसागर (त्यो स्थान जहाँ सूर्य अस्त हुन्छ) सम्मका समस्त भूमि तेरो सीमाना भित्र हुनेछ।