Joshua 1:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केवल भरोसा राख् र साहस गर् अनि मेरा सेवक मोशाले दिएका नियमहरू सबै पालन गर्ने निश्चय गर्। त्यसको कुनै भाग नछोड्नू र तँ जहाँ जान्छस्, त्यहाँ सफल हुनेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बलियो र अति साहसी हो। मेरो दास मोशाले तँलाई आज्ञा गरेअनुसार सबै व्यवस्था पालन गर्। त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनू, र तँ जहीँ गए पनि सफलता पाउनेछस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बलियो र खूब साहसी बन्। मेरो सेवक मोशाले तँलाई दिएको सारा व्यवस्था होसियारीसाथ पालन गर्; त्यसबाट दायाँ अथवा बायाँतिर नलाग्नू। तँ जहाँ गए तापनि सफलता पाउनेछस्।
Nepali ERV (पवित्र बाइबल)
तर तँ एउटा अर्कोको कारणले पनि दृढ अनि साहसी हुनुपर्छ। मेरो दास मोशाले तँलाई दिएका आज्ञाहरू पालन गर्नमा तँ निश्चित हुनु पर्छ। यदि तैंलेउसको उपदेशहरू दाहिने देब्रे नफर्कीकन अनुसरण गरिस् भने तैंले गरेका सबै काममा तँ सफल हुनेछस्।