Joshua 10:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरू आफैं त्‍यहाँ नबस। शत्रुको पछि लागिरह र पछिबाट तिनीहरूमाथि आक्रमण गर। तिनीहरूलाई आफ्‍ना सहरमा पुग्‍न नदेओ! परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूचाहिँ नपर्ख, आफ्‍ना शत्रुलाई पछिपछि खेद, उनीहरूलाई पछिल्‍तिरबाट आक्रमण गर। उनीहरूलाई उनका सहरहरूमा प्रवेश गर्न नदेओ, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूका हातमा सुम्‍पनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरू भने त्यहाँ नरोकिनू। तिमीहरूले शत्रुहरूलाई खेदेर पछिल्तिरबाट आक्रमण गर्नू र तिनीहरूलाई तिनीहरूका सहरमा पुग्न नदिनू। किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरू स्वयं त्यहाँ नबस। शत्रुलाई खेदन जारिराख। तिनीहरूलाई लगातार पछिबाट आक्रमण गर। शत्रुलाई तिनीहरूका शहरमा फर्केर जान नदेऊ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिनीहरू माथि विजय प्रदान गराउँनु भएको छ।”