Joshua 10:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशू र इस्राएलका मानिसहरूले तिनीहरूलाई मारे। तरै पनि कति जना आफ्ना सहरभित्र सुरक्षा पाउन पुगे र मारिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब यहोशू र इस्राएलीहरूले उनीहरूलाई संहार गरेर सत्यानाश पारे, र बाँचेकाहरू जति थिए उनीहरू पर्खालले घेरिएका सहरहरूभित्र प्रवेश गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी यहोशू र इस्राएलीहरूले तिनीहरूलाई सम्पूर्ण रूपले नष्ट गरे। तर बाँचेका केही मानिसहरू भने तिनीहरूका सुरक्षित सहरहरूमा पुग्न सफल भए।
Nepali ERV (पवित्र बाइबल)
यसरी यहोशू अनि इस्राएलका सेनाले शत्रुहरूलाई मारे। तर केही शत्रुहरू तिनीहरूको शहरमा, जस्का वरिपरि उच्च पर्खालहरू थिए, जान समर्थ भए अनि लुके, ती मानिसहरू मारिएनन्।