Joshua 10:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि यहोशूका सबै मानिसहरू कुशलसाथ मक्‍केदाको छाउनीमा उनीकहाँ फर्की गए। इस्राएलीहरूका विरुद्धमा त्‍यस देशका कसैले केही भन्‍ने आँट गरेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सबै मानिस मक्‍केदाको छाउनीमा यहोशूकहाँ कुशलसाथ फर्के। इस्राएलीहरूका विरुद्धमा कसैको वाक्‍य फुटेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि सारा सेना मक्‍केदामा भएको छाउनीमा सुरक्षितसाथ यहोशूकहाँ फर्के। अनि इस्राएलीहरूको विरुद्धमा कसैले पनि एउटा शब्द पनि बोलेनन्।
Nepali ERV (पवित्र बाइबल)
युद्ध पछि यहोशूका मानिसहरू मक्केदामा तिनी कहाँ फर्की आए। त्यसदेशमा इस्राएलका मानिसहरूको विरूद्ध साहसी मानिस कोही पनि थिएनन्।