Joshua 10:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि यहोशूकहाँ हाजिर गराइयो। तब यहोशूले इस्राएलका सबै मानिसहरूलाई आफूनिर बोलाए र आफूसित आएका अधिकृतहरूद्वारा राजाहरूका घिच्रामा खुट्टाले टेक्न लाए। तिनीहरूले त्यसै गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले ती राजालाई यहोशूकहाँ ल्याएपछि यहोशूले इस्राएलका सारा मानिसहरूलाई र तिनीसँग आउने लड़ाइँका सेनापतिहरूलाई बोलाएर भने, “यता आओ, र तिमीहरूका खुट्टाले यिनीहरूका गर्दनमा टेक।” अनि तिनीहरू आएर आ-आफ्ना खुट्टाले यिनीहरूका गर्दनमा टेके।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले ती पाँच राजाहरूलाई यहोशूकहाँ ल्याए, तब तिनले इस्राएलका सबै मानिसहरूलाई बोलाए। अनि तिनीसँग आएका सेनाका सेनापतिहरूलाई भने, “यहाँ आओ, र तिमीहरूका आ-आफ्ना खुट्टा यी राजाहरूका गर्दनमाथि राख।” यसकारण तिनीहरू नजिक आएर आ-आफ्ना खुट्टाहरू तिनीहरूका गर्दनमाथि राखे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले ती पाँचजना राजाहरूलाई यहोशू कहाँ ल्याए। यहोशूले उसका सबै मानिसहरूलाई भने, “यहाँ आऊ, तिमीहरूका खुट्टा यी राजाहरूका धिच्रोमा राख।” यसर्थ यहोशूका सैनिक अधिकारीहरू नजिकमा आए। तिनीहरूले आफ्ना पाउ ती राजाहरूको घिच्रोमा राखे।